१ असार २०८३ सोमबार
image/svg+xml
खेल

साफ महिला च्याम्पियनसिप: सेमिफाइनलमा नेपाल र बंगलादेश भिड्दै

साफ महिला च्याम्पियनसिपअन्तर्गत आज हुने सेमिफाइनलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। खेल भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा नेपाली समयअनुसारअपराह्न ४:१५ बजे सुरु हुनेछ।

खेलअघि बंगलादेशी टोली शोकमा परेको छ। टोलीकी डिफेन्डर शेउली अजिमकी आमा बाशोना अजिमको मंगलबार निधन भएपछि टोलीको निर्धारित प्रशिक्षण सत्र रद्द गरिएको थियो।

घटनापछि बंगलादेशी खेलाडीहरू भावुक बनेका थिए। टोलीले मैदानमा अभ्यास नगरे पनि भिडियो विश्लेषण, आइस बाथ र अन्य पुनःस्थापना कार्यक्रममार्फत तयारीलाई निरन्तरता दिएको जनाएको छ।

मुख्य प्रशिक्षक पिटर बटलरले टोली कठिन परिस्थितिका बीच पनि खेलका लागि तयार रहेको बताएका छन्।

बंगलादेशले पछिल्ला दुई संस्करणको फाइनलमा नेपाललाई पराजित गर्दै उपाधि जितेको थियो। नेपाल भने पहिलो पटक बंगलादेशलाई नकआउट चरणमा हराउँदै फाइनल प्रवेश गर्ने लक्ष्यमा छ।

आजै हुने अर्को सेमिफाइनलमा आयोजक भारतले भुटानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: २० जेष्ठ २०८३ १६:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App