२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

साफ च्याम्पियनसिप : श्रीलङ्कालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै समूह विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ।

भारतको गोवास्थित पण्डित जवाहारलाल नेरु रङ्गशालामा आइतबार सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले श्रीलङ्कामाथि २–० गोलको जित निकाल्यो। नेपाल समूह ‘बी’को शीर्ष स्थान रह्यो।

दुई खेल खेलेको नेपालले शतप्रतिशत नतिजा निकाल्दै ६ अङ्कका साथ समूह विजेता बनेको हो। नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा भुटानलाई १–० गोल अन्तरले पराजित गरेको थियो।

त्यसैगरी समूह ‘बी’बाट भुटान उप विजेताको रूपमा सेमिफाइनलमा पुगेको छ। भुटानले तीन अङ्क बटुल्दै प्रतियोगिताको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

आजको खेलमा नेपालका लागि रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटीले समान एक/एक गोल गरे। रश्मिले खेलको पहिलो हाफमा गोल गरिन भने रेनुकाले खेलको दोस्रो हाफमा गोल थपिन्।

खेलको पहिलो हाफको अतिरिक्त समयमा रश्मिले पेनाल्टी एरियाभित्र रेखा पौडेलले दिएको पासलाई सदुपयोग गर्दै गोल गरिन्।  

त्यस्तै खेलको ६०औँ मिनेटमा रेनुकाले गोल गरिन्।उनले पेनाल्टी एरिया बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो।

आजको हारसँगै श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएको छ। 

प्रकाशित: १७ जेष्ठ २०८३ १९:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App