२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

रोनाल्डोले ३० वर्ष कटेपछि गरे ५०० गोल

विश्व फुटबल जगतका स्टार क्रिस्टियानो रोनाल्डो आफू ३० वर्ष पुगेपछि आफ्नो ५०० औँ र ५०१ औँ गोल पूरा गरेका छन्।

शनिबार राति साउदी प्रो लिगमा अल नासरले अल हाजेममाथि ४-० को सानदार जित दिलाउन क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट दोहोरो गोल गरेपछि उनले आफू ३० वर्ष कटेपछि ५०० गोल पूरा गरेका हुन्।

फुटबल इतिहासमा ३० वर्षपछि कुनै पनि खेलाडीले यो रेकर्ड बनाएका छैनन्। पाँच पटकका बालोन डी.ओर विजेताले यो अवधिमा रियल म्याड्रिड एफसीका लागि १६२, युभेन्टस एफसीका लागि १०१ गोल, म्यानचेस्टर युनाइटेड एफसीमा फर्कने क्रममा ७९ गोल , अल नासरका लागि ११ गोल र पोर्चुगल राष्ट्रिय फुटबल टोलीका लागि ९१ गोल गरेका छन्।

४१ वर्षीय उनले आफ्नो करिअरमा कूल ९६४ गोल गरेका छन्।

प्रकाशित: १० फाल्गुन २०८२ १५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App