विश्व फुटबल जगतका स्टार क्रिस्टियानो रोनाल्डोले स्पेनी दोस्रो श्रेणीको क्लब अल्मेरियाको २५ प्रतिशत शेयर किनेका छन्।
ब्रन्सविक ग्रुपले बिहीबार एक विज्ञप्ति जारी गर्दै रोनाल्डोले साउदी अरेबियाका मालिक भएको क्लबको २५ प्रतिशत हिस्सा किनेका बताएको छ। ४१ वर्षीय रोनाल्डो २०२२ को अन्त्यमा अल-नासरमा आबद भएका थिए। 'मैदानभन्दा बाहिर फुटबलमा योगदान पुर्याउनु मेरो लामो समयदेखिको महत्वाकांक्षा हो। युडी अल्मेरिया बलियो जग र विकासको स्पष्ट सम्भावना भएको स्पेनी क्लब हो,' रोनाल्डोले विज्ञप्तिमा भने।
ब्रन्सविक ग्रुपकको अनुसार उनले आफ्नो सीआर७ स्पोर्ट्स इन्भेस्टमेन्ट्स सहायक कम्पनी मार्फत अल्मेरियामा शेयर खरिद गरेका हुन्। अल्मेरिया हाल स्पेनको दोस्रो डिभिजनमा तेस्रो स्थानमा छ। २०२३-२४ मा उक्त क्लब ला लिगाबाट रेलिगेसनमा परेका थियो।
प्रकाशित: १५ फाल्गुन २०८२ ११:४४ शुक्रबार





