२४ कार्तिक २०८२ सोमबार
image/svg+xml
खेल

रेउलेको विजयी सुरुआत

देवाशिष रेउलेले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ मंगलबार विजयी सुरुआत गरेका छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको प्रतियोगितामा देवाशिषले ओजेज महर्जनलाई ६–२ र ६–० को सोझो सेटमा हराउँदै सुखद सुरुआत गरेका हुन्। होटल मिस्टिक माउन्टेनको आयोजनामा भएको प्रतियोगिताको सोही स्पर्धाका अन्य खेलमा शाश्वत बुद्धाचार्य, आयुष्मान घले, निश्चल कायस्थ, असभसम्राट हाडा, दर्शिल श्रेष्ठ, छेवाङ लामा, सर्वेश खनाल, विपुल अधिकारी, सन्तोष खत्री र निहालजंगबहादुर राणाले सफलता पाए। महिला सिंगल्समा शिभाली गुरुङ, प्रकृति श्रेष्ठ र स्वस्तिका विष्टले आआफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै सुखद सुरुआत गरेका छन्।

यु–१६ ब्वाइज सिंगल्समा सन्दीप विक, अभिषेक गुरुङ, दर्शिल श्रेष्ठ, युभेनमान श्रेष्ठ, साङ्गे रोकाया, सुरेन्द्र विक र सूर्यान्श श्रेष्ठले जित निकाले। यु–१४ ब्वाइज सिंगल्समा आर्यश पौडेल, सुरेन्द्र विक, सुजन कुइँकेल र समय विष्ट विजयी भए। यु–१२ ब्वाइज सिंगल्समा अभिषेक बयलकोटीले जित निकाले।

सोही स्पर्धाको गर्ल्समा आर्या पौडेल, सुहानी जजोडिया, इरा खत्री, नाइरा घले र तभिशा राणा विजयी भए। यु–१० ब्वाइज सिंगल्समा सोनम घले, तोनिश श्रेष्ठ, सविक पोखरेल र बसिटा क्षेत्री अगाडि बढे । उक्त स्पर्धाको गर्ल्समा निम्ति कुँवर, अमिरा गुप्ता, रजिशा जोशी र जेरुशा राजवंशीले सफलता पाएका छन्।

यु–८ ब्वाइज सिंगल्समा गगन श्रेष्ठ, निर्भाना मुन्दरा, विविध भट्टचन, सुविज्ञा बुढाथोकी, सर्वज्ञ खत्री, मिहिर श्रेष्ठ, सत्विक मल्होत्रा र वंशिल अग्रवालले पहिलो चरण पार गरेका छन्। सो स्पर्धाको गल्र्समा स्वर्णिमा श्रेष्ठ, बेनाफ्सा महर्जन, अनुपमा श्रेष्ठ र भानी राजभण्डारी विजयी भए।

यु–९ ब्वाइज सिंगल्समा कायान चालिसे, सोनाम घले, आयन पन्त र सर्वज्ञजंग खत्रीले सफलता पाए। त्यसै स्पर्धाको गर्ल्समा बेनाफ्सा महर्जन र स्वर्णिमा श्रेष्ठ सफल भए। प्रतियोगिताको मिस्टिक माउन्टेनका अध्यक्ष बालकृष्ण ध्वजु र नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मूलले उद्घाटन गरेका थिए।

कुल १६ स्पर्धा समावेश पाँचदिने प्रतियोगितामा एक सय ३६ पुरुष र ८३ महिला खेलाडी सहभागी छन्। दोस्रो संस्करणको प्रतियोगिताको कुल पुरस्कार राशि दुई लाख ७८ हजार रुपैयाँ रहेको छ।

प्रकाशित: १९ कार्तिक २०८२ ०६:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App