१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

राजवंशीलाई अन्तरवडा टेबल टेनिसमा स्वर्ण

वडा ५ की ममतासिंह राजवंशीले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तरवडा टेबल टेनिस प्रतियोगिताअन्तर्गत भेट्रान ४० वर्षमाथि महिला सिंगल्सतर्फ स्वर्ण जितेकी छन्।

ललितपुर महानगरपालिकाको कनिबहालस्थित आयोजक वडा ६ को हातामा भइरहेको प्रतियोगिताको फाइनलमा ममताले वडा ११ की सरिला शाक्यलाई ४–११, ११–७, १२–१०, १०–१२ र ११–९ को सेटमा पराजित गरिन्।

भेट्रान पुरुष टिममा वडा १६ ले वडा २० लाई ३–२ ले हराउदै पहिलो भयो। पाँच सिंगल्सको खेलमा वडा १६ ले ३ सिंगल्सको नतिजा आफ्नो पक्षमा पार्दै उपाधि सुनिश्चित गरेको हो। वडा १६ का राजु शाक्यले २ तथा राजेन्द्र श्रेष्ठले १ सिंगल्स जिते। वडा २० का राजिप महर्जन र सञ्जय शाक्यले समान १/१ सिंगल्समा जित हात पारे।

प्रकाशित: २३ पुस २०८२ ०६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App