१८ माघ २०८२ आइतबार
image/svg+xml
खेल

‘आहा–रारा कप’ को तयारी पूरा

‘आहा–रारा कप’ को तयारी पूरा भएको छ। आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो।

प्रतियोगिता यही माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुनेछ। सहारा क्लबको आयोजनामा हुने प्रतियोगितामा विदेशका चार र स्वदेशी आठ गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा नेपाल पुलिस क्लब, एपिएफ नेपाल क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ–मर्स्याङ्दी क्लब, प्लानिङ ब्वाइज युनाइटेड र सहारा क्लब पोखरालगायत टोली सहभागी हुनेछन्।

यसैगरी भारतबाट थन्डरबोल्ट युनाइटेड (सिक्किम) सहित दुई टोली, उज्वेकिस्तानको आभा फुटबल क्लब र हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लब सहभागी हुने सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए।

क्लबले पुरस्कार राशिमा वृद्धि गरेको उनले बताए। प्रतियोगिताको विजेता टोलीलाई १४ लाख एक हजार रुपैयाँ र उपविजेतालाई सात लाख एक हजार रुपैयाँ प्रदान गरिनेछ।

 

प्रकाशित: १८ माघ २०८२ १५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App