इंग्लिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले न्युकासल युनाइटेडसँग खेल्दैछ ।
न्युकासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा हुने खेल राति पौने एक बजे सुरु हुनेछ । यो खेलसँगै दोस्रो चरणका खेलहरु सकिनेछन् ।
जारी लिगको आफ्नो पहिलो खेलमा बर्नमाउथलाई हराएको लिभरपुल जितको क्रमलाई निरन्तरता दिँने योजनामा हुनेछ । पहिलो खेलमा बराबरीमा रोकिएको न्युकासल पनि पहिलो जितको खोजीमा हुनेछ ।
दोस्रो चरणको खेलको समाप्तिमा आर्सनल र टटाह्यामले दुवै खेलमा जित निकालेका छन् ।
प्रकाशित: ९ भाद्र २०८२ २०:४४ सोमबार





