२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

उदयपुरका दुवै क्षेत्रमा रास्वपाको अग्रता कायम

जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अग्रता कायम छ। शनिबार दिउँसो १:०० बजेसम्मको अद्यावधिक परिणाम अनुसार निर्वाचन क्षेत्र नं. १ मा पारशमणि गेलाल र क्षेत्र नं. २ मा सूर्य लामाले अग्रता कायम राखेका छन्।

निर्वाचन क्षेत्र नं. १ को २८ हजार २ सय ५१ मत गणना भइसक्दा गेलालले ९ हजार ३ सय ३ मत ल्याएर अग्रता लिएका छन् भने ५ हजार ६ सय ९१ मत ल्याउँदै श्रम संस्कृति पार्टीका राजेशकुमार राईले उनलाई पछ्याइरहेका छन्। एमालेका दुर्गाकुमार थापाले ४ हजार ६७ मत, कांग्रेसका विदुर बस्नेतले ३ हजार ३ सय ३६ मत र नेपाली कम्युनिष्ट पार्टीका बलदेव चौधरीले २ हजार ४ सय ८६ मत ल्याउँदै क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन्।

निर्वाचन क्षेत्र नं. २ मा २० हजार ३ सय ८७ मत गणना भइसक्दा रास्वपाका लामाले ५ हजार ५ सय ९६ मतका साथ अग्रता लिइरहेका छन् भने एमालेका अम्मर रायमाझीले ४ हजार २ सय ८ मतका साथ पछ्याइरहेका छन्। नेकपाका सुरेशकुमार राईले २ हजार ९ सय ५ मत, कांग्रेसका रामकुमार राईले २ हजार ६ सय ६९ मत र श्रम संस्कृति पार्टीका बलराज राईले २ हजार ४ सय ४२ मत ल्याउँदै क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन्।

क्षेत्र नं. १ मा १ हजार ८ सय २९ मत र क्षेत्र नं. २ मा १ हजार ८ सय ३२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बिहीबार सम्पन्न निर्वाचनमा क्षेत्र नं. १ मा ७९ हजार ९ सय ५६ मत खसेको छ भने क्षेत्र नं. २ मा ४४ हजार ६ सय ३४ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

क्षेत्र नं. १ को मतगणना सदरमुकाम गाईघाटस्थित त्रियुगा नमूना माध्यमिक विद्यालयमा र क्षेत्र नं. २ को मतगणना उदयसी क्याम्पस कटारीमा भइरहेको छ।

प्रकाशित: २३ फाल्गुन २०८२ १४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App