१ वैशाख २०८३ मंगलबार
image/svg+xml
खेल

पिएम कपः गण्डकीसँग कर्णाली पराजित

प्रधानमन्त्री क्रिकेट प्रतियोगितामा मंगलबार भएको खेलमा कर्णाली प्रदेश गण्डकी प्रदेशसँग ९ विकेटले पराजित भएको छ।  

आफ्नो अन्तिम खेलमा कर्णालीलाई ९ विकेटले पराजित गरेको गण्डकी पिएम कपको छैठौं स्थानमा रहेको छ। हारपछि कर्णालीले भने मात्र ३ अंकमा पुछारबाट दोस्रो, नवौं स्थानमा रहँदै लिग टु‌ग्याएको छ। 

कर्णालीले दिएको ७३ रनको सामान्य लक्ष्य गण्डकीले १३ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो। उसका लागि ओपनर श्रीबीन श्रेष्ठले नटआउट ४० र दीपक डुम्रेले २२ रन बनाए। अर्जुन कुमाल ६ रनमा आउट भए। 

कर्णालीका लागि एकमात्र विकेट विपिन शर्माको नाममा रह्यो।   

त्यसअघि लुम्बिनीले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले २५.२ ओभरमा अलआउट हुँदै ७२ रन मात्र बनायो। कर्णालीका लागि प्रकाश जैसी सर्वाधिक १५ रन बनाए। चार जना ब्याट्सम्यान डक आउट भएको कर्णालीको इनिङ्समा कप्तान दिवन पुनले १४ र अर्जुन घर्तीले १३ रन जोडे। अन्यले दोहोरो अंक छुन सकेनन्। 

गण्डकीका लागि विपिन खत्रीले सर्वाधिक ५ विकेट लिए। आफ्नो स्पेलमा ४ मेडनसहित उनले मात्र १८ रन खर्चेका थिए। अपराजित पौडेलले ३ विकेट झारे। 

जारी प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश फाइनलमा पुगिसकेको छ।

प्रकाशित: १ वैशाख २०८३ १५:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App