प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरी बल (एपीएफ)ले बागमती प्रदेशलाई २७२ रनको लक्ष्य दिएको छ।
आइतबार मूलपानी माथिल्लो क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको एपीएपले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७१ रन बनायो। एपीएफको लागि ओपनर आशिफ शेखले शतकीय इनिङ खेले। उनले १०५ बलमा १४ चौका र ३ छक्कासहित ११४ रन बनाए।
त्यस्तै, एपीएफका सन्दीप जोराले अर्धशतकीय पारी खेले। उनी ५२ रन बनाए। कप्तान रोहित पौडेल भने ९ रन बनाएर आउट भए। बागमतीको लागि रिजन ढकालले सर्वाधिक ४ विकेट लिए।
प्रकाशित: ८ चैत्र २०८२ १२:५६ आइतबार





