Jaecoo J6T नेपालमा औपचारिक रूपमा सार्वजनिक गरिएको छ। SPG Automobiles Pvt. Ltd. ले २३ मार्च २०२६ मा भव्य कार्यक्रमका बीच यो नयाँ मोडेल सार्वजनिक गरेको हो। यसअघि बजारमा आएको Jaecoo J6 को सफलतापछि कम्पनीले J6T प्रस्तुत गरेको हो।
नयाँ Jaecoo J6T को मूल्य एमआरपी रु. ६८.९९ लाख तोकिएको छ भने सीमित अवधिका लागि विशेष सुरुवाती मूल्य रु. ६६.९९ लाखमा उपलब्ध गराइएको छ। Rear-Wheel Drive (RWD) सिस्टममा आधारित यो इलेक्ट्रिक SUV बलियो, बाकस आकारको (boxy) र रग्ड डिजाइनमा तयार गरिएको छ, जसले यसलाई साहसिक यात्रा तथा कठिन सडकका लागि उपयुक्त बनाउँछ।
कार्यक्रममा Omoda Jaecoo का प्रतिनिधिहरू, SPG Automobiles का व्यवस्थापन, ग्राहकहरू, सञ्चारकर्मी तथा अटोमोटिभ क्षेत्रका अतिथिहरूको उपस्थिति रहेको थियो। कम्पनीका अनुसार J6T ले नेपाली बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
प्राविधिक विशेषताहरू अनुसार, Jaecoo J6T मा रियर-माउन्टेड मोटर छ जसले 220Nm टर्क उत्पादन गर्छ। यसमा CATL को लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ, जसले करिब 431 किलोमिटर सम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ। साथै 225mm को ग्राउन्ड क्लियरेन्सले यसलाई अफ-रोड तथा असमान सडकका लागि अझ सक्षम बनाउँछ।
यसको आयाम 4,433mm लम्बाइ, 1,916mm चौडाइ, 1,741mm उचाइ र 2,715mm ह्वीलबेस रहेको छ। 19-इन्च टायर, 15.6-इन्च सेन्ट्रल टचस्क्रिन, 9.2-इन्च इन्स्ट्रुमेन्ट प्यानल, 50W वायरलेस चार्जर र 8 स्पिकर जस्ता आधुनिक सुविधा पनि यसमा समावेश छन्।
पुरानो Jaecoo J6 मा 200mm ग्राउन्ड क्लियरेन्स र करिब 400KM रेन्ज रहेको थियो भने नयाँ J6T ले ती दुवै पक्षमा सुधार गर्दै अझ बढी ग्राउन्ड क्लियरेन्स र ड्राइभिङ रेन्ज प्रदान गरेको छ। यसले शक्ति, डिजाइन र प्रदर्शनको संयोजनमार्फत ग्राहकलाई नयाँ अनुभव दिने लक्ष्य राखेको छ।
SPG Automobiles ले Jaecoo J6T मार्फत नेपालमा बढ्दो SUV बजारमा आफ्नो उपस्थिति थप सुदृढ गर्ने र ग्राहकलाई विश्वस्तरीय, साहसिक र प्रदर्शनमुखी सवारी साधन उपलब्ध गराउने लक्ष्य लिएको छ। यो नयाँ मोडेल देशभरका सबै Omoda & Jaecoo आधिकारिक शोरूमहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
प्रकाशित: ९ चैत्र २०८२ १९:५१ सोमबार





