२१ मंसिर २०८२ आइतबार
image/svg+xml
खेल

फुङलिङ फाइनल पुग्यो

ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ अन्तरपालिका स्तरीय महिला गोल्डकप प्रतियोगितामा फुङलिङ नगरपालिका फाइनल प्रवेश गरेको छ ।  

बुधबारको पहिलो सेमिफाइनलमा मैवाखोला गाउँपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै फुङलिङ नगरपालिका फाइनलमा प्रवेश गरेको हो ।  

समीक्षा मगरको दोहोरो गोलको मद्दतले फुङलिङले मैवाखोलालाई सेमीफाईनलमै रोकेको छ । मध्यान्तर अघिसम्म बराबरी खेलेका फुङलिङ र मैवाखोलाको खेलको ५२औँ मिनेटमा फुङलिङकी समीक्षाले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाइन् ।  

खेलको इन्जुरी समयमा समीक्षाले व्यक्तिगत दोस्रो गोल गर्दै फुङलिङलाई जितमा पुर्‍याइन् । फाइनल पुग्ने दोस्रो टोली छनौटका लागि बिहीबार मेरिङ्देन गाउँपालिका र पाथीभरा याङवरक गाउँपालिकाबिच प्रतिस्पर्धा हुँदैछ ।  

लिम्बू समुदायको चाड चासोक तङ्नाम (न्वागी पुजा पर्व) २०८२ को अवसरमा खेल मंसिर १३ देखि भानुजन माविको खेल मैदानमा जारी छ ।  

 

प्रकाशित: १७ मंसिर २०८२ १९:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App