२३ पुस २०८२ बुधबार
image/svg+xml
खेल

पलेशालाई एसियाली पारा तेक्वान्दोमा कांस्य

पेरिस पारालिम्पिकका कांस्य विजेता पलेशा गोवर्धनले दशौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी फोर) मा कांस्य पदकमा नै सीमित भएकी छन्।

मलेसियाको कुचिङमा शुक्रबार सम्पन्न च्याम्पियनसिपमा पलेशाले के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनि कांस्य पदक जितेकी हुन्। पलेशाको यो छैटौं अन्तर्राष्ट्रिय पदक हो। उज्बेकिस्तानकी जुरेवा कमोलालाई हराउँदै उनले कांस्य जितेको प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए।

उनी सेमिफाइनलमा चीनकी ली युजीसँग दुवै राउन्डसँग पराजित भएकी थिइन्। युजीले यस च्याम्पियनसिपमा स्वर्ण जितिन्। उनले इरानकी खेलाडीलाई फाइनलमा हराउँदै स्वर्ण जितेकी हुन्। यसअघि टोकियो पारालिम्पिक पलेशा युजीसँग रिपाचेजको फाइनल राउन्डमा पनि पराजित भएकी थिइन्।

युजी पेरिस पारालिम्पिकको स्वर्ण विजेता पनि हुन्। पलेशा पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य विजेता पदक हुन्। यो नै पारालिम्पिकमा जितेको पहिलो पदक हो। उनी हाल चीनको संघाईमा अध्ययन गरिरहेकी छन्।

त्यत्तैबाट प्रतियोगितामा सहभागी हुन उनी मलेसिया पुगेकी हुन्। जुलाई २४ देखि अगस्ट १ तारिखसम्म भएको प्रतियोगितामा पलेशासहित ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। पुरुष ५८ केजीमुनि भरतसिंह महता तथा ६३ केजीमुनि अमिर भ्लोन तथा महिला ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले प्रतिस्पर्धा गरेका थिए। टोलीको व्यवस्थापकमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य रामचन्द्र श्रेष्ठ रहेका छन्।

प्रकाशित: १७ श्रावण २०८२ ०८:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App