२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

अमेरिकाविरुद्ध पाकिस्तानको आक्रामक सुरुवात, साहिबजादाको अर्धशतक

आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा पाकिस्तानले संयुक्त राज्य अमेरिका (यूएसए) विरुद्ध आक्रामक सुरुवात गरेको छ।

कोलोम्बोस्थित एसएससी मैदानमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले १०.३ ओभरको समाप्तिमा २ विकेट गुमाउँदै ८८ रन बनाएको छ।

पाकिस्तानको इनिङ्सलाई सम्हाल्दै ओपनर साहिबजादा फरहानले उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले आक्रामक ब्याटिङ गर्दै २९ बलमै अविजित ५३ रन बनाएर आफ्नो अर्धशतक पूरा गरेका छन्। उनले हालसम्म ४ चौका र ४ छक्का प्रहार गरिसकेका छन्।

अर्कोतर्फ, अनुभवी ब्याटर बाबर आजम १५ बलमा १२ रन बनाएर फरहानलाई साथ दिइरहेका छन्।

सुरुवाती ओभरमा अमेरिकाका बलरहरूले केही दबाब सिर्जना गर्न सफल भए पनि मध्यक्रममा रन रोक्न संघर्ष गरिरहेका छन्।

यद्यपि, अमेरिकाका बलर श्याड्ली भान स्कल्कविकले उत्कृष्ट बलिङ गर्दै पाकिस्तानका दुई महत्वपूर्ण विकेट लिएका छन्। उनले २ ओभरमा मात्र ८ रन खर्चेर २ विकेट हात पारे।

पाकिस्तानका ओपनर सैम अयुब १७ बलमा १९ रन बनाएर आउट भए भने कप्तान सलमान आगा ३ बलमा १ रन मात्र बनाएर पेभेलियन फर्किए।

हाल पाकिस्तानको रन रेट ८३८ प्रति ओभर रहेको छ। पावरप्लेमा पाकिस्तानले ५६ रन जोड्दा २ विकेट गृुमाएको थियो। 

प्रकाशित: २७ माघ २०८२ २०:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App