२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

एएफसी महिला एसियन कप: ताइवानसँग जापानको संघर्ष

जर्मनी क्लब बायर्न म्युनिखकी मिडफिल्डर मोमोको तानिकावा अन्तत् बुधबार ताइवानको रक्षा तोड्न सफल भइन् र शक्ति राष्ट्र जापानले एएफसी महिला एसियन कपको सुरुआत २–० को जितसहित गर्‍यो।

प्रतिभाशाली खेलाडीसहित मैदान उत्रिएको जापानले उच्च गर्मीमा ताइवानमाथि एकतर्फी प्रतिस्पर्धा गर्दै दबाब बनायो। जापानको टोलीमा इङ्ल्यान्डमा बस्ने गरेका १६ खेलाडी छन्। ६१औं मिनेटमा तानिकावाको गोल र इन्जुरी समयमा वैकल्पिक खेलाडी किको सेइकेको हेडर गोल नै जापानलाई तीन अंक दिलाउन पर्याप्त बन्यो। त्यसबाहेक अन्य प्रयासहरू लक्ष्यमा परिणत गर्न नसक्दा जापान निराश देखियो। विश्व वरीयतामा जापान आठौं स्थानमा छ।

जापान यस एसियन कपमा सबैभन्दा माथिल्लो वरीयताको टोली हो। यो टोली सन् २०१४ र २०१८ मा उपाधिपछि तेस्रो पटक च्याम्पियन बन्न आतुर छ तर ३० पटक प्रहार र करिब ९० प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्दा पनि जापानी टोलीले गोलका लागि धेरै संघर्ष गर्नुपर्‍यो। टोलीमा कमजोरी देखिएकोले सुधार आवश्यक देखिएको छ।

‘अझ धारिलो हुनुपर्छ तर यो पहिलो खेल हो र हामीले तीन अंकसहित सुरुआत गरेका छौं। त्यसैले असन्तुष्ट हुनुपर्ने कारण छैन,’जापानका प्रशिक्षक निल्स निल्सेनले भने। सन् २०२२ को संस्करणमा अन्तिम आठमा पुगेको ताइवानले एक पनि प्रहार गर्न सकेन। तर, गोलकिपर वाङ यु टिङको उत्कृष्ट प्रदर्शनका कारण ताइवानले साहसीपूर्ण प्रदर्शन देखायो। ग्रीनल्यान्डमा जन्मिएका निल्सेन जो जापानका पहिलो विदेशी मूलका महिला टोलीका प्रशिक्षक हुन्। उनको नेतृत्वमा टोलीले तीव्र र आक्रामक शैलीमा खेल्ने प्रतिबद्धता जनाएको छ। जापान सुरुआतदेखि नै आक्रामक बन्यो र निरन्तर प्रहार गरिरह्यो। तर सफलता हात लागेन।

ताइवानले अप्रत्याशित दबाब झेल्दै रक्षा गरिरहँदा वाङले मिना तानाकाको शक्तिशाली प्रहारलाई उत्कृष्ट बचाउ गर्दै गोल हुनबाट जोगाइन्। खेलको पहिलो १५ मिनेटमै जापानले १३ प्रहार गर्‍यो। जसमा तानिकावाको एक प्रहार बायाँ पोस्टमा लाग्यो। ताइवानको समस्या त्यतिबेला थप बढ्यो, जब फरवार्ड पु सिन हुई बायाँ घुँडामा चोट लागेपछि मैदान छाड्न बाध्य भइन्। ३२औं मिनेटमा तापक्रम ३६ डिग्री सेल्सियस पुगेपछि ड्रिङ्स ब्रेक भयो र ताइवानले साहसी रक्षा जारी राख्यो। जसले जापानलाई निराश बनायो। पहिलो हाफअघि जापानले अग्रता तोड्ने सुनौलो अवसर पाए पनि वाङ फेरि बाधक बनिन्। ताइवानको रक्षापंक्तिले पहिलो हाफमा ३५ क्लियरेन्स गर्‍यो।

जसलाई थोरै संख्या उपस्थित समर्थकहरूले उत्साहपूर्वक स्वागत गरे। दोस्रो हाफपछि पनि वाङले छोटो दूरीबाट तानाकाको प्रयासलाई रोक्दै उत्कृष्ट प्रदर्शन जारी राखिन् तर अन्तत् हाना ताकाहाशीको उत्कृष्ट पासमा तानिकावाले गोल गर्दै वाङलाई निराश बनाइन्। गोलअघि बल तानिकावाको हात लागेको थियो कि थिएन भन्ने निर्णय लिन भारको सहारा लिनुपर्‍यो। पछि गोलले मान्यता पायो। इन्जुरी समयमा जापान साँघुरो जिततर्फ अग्रसर देखिन्थ्यो। तर, सेइकेको गोलले जापानलाई २–० को जित दिलायो। समूह ‘सी’ मा भारत र भियतनाम पनि छन्, जसले बुधबार पछि एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: २१ फाल्गुन २०८२ ०७:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App