१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

हाम्रो लक्ष्य विश्वकप उपाधि जित्ने होः शादाब खान

पाकिस्तानी टोलीका अलराउन्डर शादाब खानले पाकिस्तानको लक्ष्य टी– २० विश्कपको उपाधि जित्ने रहेको बताएका छन्। उनले बुधबार पाकिस्तानले नामिबियालाई पराजित गरेर सुपर–८ मा पुगेसँगै उक्त कुरा व्यक्त गरेका छन्। जारी टि– २० पुरुष विश्वपमा पाकिस्तान सुपर– ८ मा स्थान बनाउने अन्तिम टोली हो।  

‘हामी विश्वकप जित्ने लक्ष्य हासिल गर्ने सही बाटोमा छौं र हामीले विश्वकपको उपाधि जित्नेछौँ’ शादबाले भने।  

उनले सुपर– ८ मा राम्रो प्रदर्शन गरेर अघि बढने बताए।  ‘सबै ८ टोलीहरू राम्रा छन् त्यसैले यो कठिन चरण हुनेछ र सबै खेलहरू उच्च दबाबका हुनेछन्’, शादाबले भने। पाकिस्तान समूह चरण अन्तर्गत भारतसँग मात्र पराजित हुँदै सुपर– ८ मा आइपुगेको हो। एजेन्सी

प्रकाशित: ७ फाल्गुन २०८२ १२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App