२९ असार २०८३ सोमबार
image/svg+xml
खेल

नेपाललाई ओमानले दियो ९५ रनको लक्ष्य

एसियन खेलकुद छनोटअन्तर्गत पुरुष क्रिकेटको सेमिफाइनलमा ओमानले नेपालसामु ९५ रनको लक्ष्य दिएको छ।

सिंगापुरमा जारी एशियन गेम्सको क्रिकेटतर्फको छनौट खेलको सेमिफाइनलमा ओमानले नेपाललाई ९५ रनको लक्ष्य दिएको हो। टस जितेर पहिला ब्याटिंग गरेको ओमानले १९.४ ओभरमा अलआउट हुँदै ९४ रन बनाएको हो।

ओमानका लागि कप्तान सुफयान महमूदले सर्वाधिक ३८ रन बनाए भने जुबैर अली अकबरले २२ रन र अब्दुलजलिल खानले १६ रन बनाए।

यस्तै, नेपालका तर्फबाट करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २-२ तथा शहाब आलम, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिए।

प्रकाशित: २४ जेष्ठ २०८३ ०८:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App