राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेल संघहरुलाई असार १५ गतेभित्र नविकरण गर्न आग्रह गरेकाे छ।
राखेपले बिहीबार विज्ञप्ती जारी गर्दै खेल संघहरुलाई असार १५ गतेभित्र नविकरण गर्न आग्रह गरेकाे हाे। राष्ट्रिय खेलकुद विकास ऐन, २००७ तथा नियमावली, २०७९ बमोजिमको प्रकृया पूरा गर्न पटक-पटक सूचना प्रकाशन गर्दा पनि नविकरण नभएपछि राखेपले सूचना जारी गरेकाे हाे।
राखेपका अनुसार हालसम्म परिषद्मा दर्ता आवद्धता भएका राष्ट्रिय खेल संघ वा महासंघहरुले प्रचलित कानुन बमोजिम अनिवार्य रुपमा कार्यान्वयन गर्नु पर्ने सांगठनिक संरचना निर्माण, आवधिक निर्वाचन, नविकरण तथा प्रचलित कानुन बमोजिम अनिवार्य रुपमा गर्नुपर्ने विषयहरु हालसम्म पनि कार्यान्वयन गरेको देखिएको छैन।
राखेपले तोकिएको समयभित्र नविकरण नभए प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ।
प्रकाशित: ३१ वैशाख २०८३ १६:३४ बिहीबार





