राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बि लामालाई फिर्ता बोलाएको छ।
शुक्रबार पत्र काट्दै परिषद्ले लामालाई दिइएको जिम्मेवारीबाट मुक्त गरिएको बताएको हो।
२०८३ जेठ ११ गतेको निर्णय बमोजिम लामालाई क्यानको प्रतिनिधि सदस्यको जिम्मेवारीबाट फिर्ता बोलाइएको राखेपको संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्र कुमार राईले जानकारी दिए।
पत्रमा भनिएको छ, ‘राष्ट्रिय खेलकुद परिषदबाट मिति २०८०।१२।२८ गतेबाट नेपाल क्रिकेट संघको पदेन सदस्यमा पदमा मनोनयन गरी पठाइएको ऐ. विधानको दफा ३ को उपदफा ४ को व्यवस्था अनुसार नेपाल क्रिकेट संघको परिषद प्रतिनिधि सदस्यको जिम्मेवारीबाट मिति २०८३।२।१९ गते देखि लागू हुने गरी फिर्ता बोलाइएको व्यहोरा मिति २०८३।२।१९ को निर्णयानुसार जानकारी गराइन्छ।’
प्रकाशित: १२ जेष्ठ २०८३ १२:१३ मंगलबार



-600x400.jpg)
-600x400.jpg)
