नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोएल्ससामु १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
जारी सिजन अपराजित रहेको एकमात्र टोली सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनी १९.४ ओभरमा १४३ रनमा अलआउट भएपछि लुम्बिनीले उक्त लक्षय पाएको हो। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३५ र दिलिप नाथले ३१ रन बनाए ।
लुम्बिनीलाई कम योगफलमा रोक्ने क्रममा अभिनाश बोहोराले ३ विकेट लिए। आफ्नो स्पेलमा उनले २६ रन खर्चे। हर्मित सिंहले ३.४ ओभरमा २२ रन दिएर ३ विकेट लिए। हेमन्त धामीले २ र स्कट कुग्गेलिनले एक विकेट लिए।
अपराजित सुदूरपश्चिम तीन खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ । लुम्बिनीले तीन खेलमा एकमा मात्र जित निकालेको छ।
प्रकाशित: ११ मंसिर २०८२ १३:२६ बिहीबार





