नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले १६७ रनकझ लक्ष्य दिएको छ।
पहिलो इनिङमा तीन विकेट गुमाएर कर्णालीले १६६ रन बनाएको छ। कर्णालीले किर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा मंगलबारको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको थियो।
कर्णालीका लागि ४८ बलमा ६ छक्का र ७ चौकाको मद्दतले ९० रनले उत्कृष्ठ पारी खेले। यसैगरी, चितवनको तर्फबाट सोहेल तनवीर, सैफ जैब र रवि बोपाराले समान एक-एक वीकेट लिएका थिए।
प्रकाशित: २ मंसिर २०८२ १३:२९ मंगलबार





