१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

एनपिएल : चितवन टस जितेर बलिङमा

काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाज भिड्दै छन्।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको छ। कुशल मल्लको कप्तानीमा रहेको चितवन तीन खेलबाट चार अङ्क जोड्दै अङ्कतालिकाको तेस्रो स्थानमा छ। आजको खेल जितेर चितवन ‘प्लेअफ’को आफ्नो बाटो फराकिलो बनाउन चाहन्छ।

करण केसीको नेतृत्वमा रहेको काठमाडौंले भने चारमध्ये दुई खेलमा जीत निकालेको छ। आजको खेल नजिते काठमाडौंलाई ‘प्लेअफ’ पुग्न कठिन हुने देखिन्छ। यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली र विराटनगर मैदानमा उत्रनेछन्।

प्रकाशित: १२ मंसिर २०८२ ११:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App