नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-२ दोस्रो सिजनको आजको खेलमा कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्सले पहिला ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा लुम्बिनीविरुद्ध कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला फिल्डिङ रोजेका थिए।
यसअघि आफ्नो पहिलो खेलमा कर्णाली चितवनसँग पराजित भएको थियो भने लुम्बिनीले आफ्नो पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेको थियो।
प्रकाशित: ६ मंसिर २०८२ ११:१९ शनिबार




