विश्व फुटबल जगतका लोकप्रिय खेलाडी नेयमार जुनियरले आफूलाई आलोचना गर्ने आलोचकहरूलाई जवाफ दिएका छन्।
३४ वर्षीय उनले गत बिहीबार राति भएको खेलमा सान्तोसले भास्को द गामालाई २-१ ले पराजित गर्दा सान्तोसका लागि दुई गोल गर्दै खेल जिताएका थिए। ‘गत हप्ता उनीहरूले मलाई संसारको सबैभन्दा खराब खेलाडी भनेका थिए। भास्को द गामा विरुद्ध मैले दुई गोल गरेँ, र त्यो नै महत्त्वपूर्ण छ’ नेयमारले उक्त खेलपछि स्पोरटिभीसँग भनेका छन्।
ब्राजिलका सर्वकालीन शीर्ष गोलकर्ता उनी सन् २०२३ अक्टोबर देखि राष्ट्रिय टोलीमा परेका छैनन्। ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले खेलका लागि तयार १०० प्रतिशत खेलाडीहरू मात्र छनोट गर्ने बताएका छन्।
प्रकाशित: १५ फाल्गुन २०८२ १८:२० शुक्रबार





