२९ असार २०८३ सोमबार
image/svg+xml
खेल

विश्वकप नसकिँदै 'पोकर'मा देखिए नेयमार

२०२६ को विश्वकपबाट ब्राजिल चाँडै बाहिरिएपछि नेयमारले वर्ल्ड सिरिज अफ पोकर प्रतियोगितामा भाग लिएका छन्।

राउन्ड अफ १६मा नर्वेसँग पराजित भएको केही दिनपछि ब्राजिलका आइकन नेयमार लास भेगासमा पोकर (जुवा) खेलिरहेका देखिएका छन्।

उनी १० हजार अमेरिकी डलर नो–लिमिट होल्ड’एम ६–म्याक्स प्रतियोगितामा सहभागी भएका भिडियो सार्वजनिक भएको छ।

फक्स स्पोर्ट्सका अनुसार यो व्यावसायिक स्तरमा जुवामा फरवार्डको पहिलो प्रवेश भने होइन। उनी २०२५ को सोही प्रतियोगिताको संस्करणमा अन्तिम टेबलमा पुगेका थिए।

विश्वकप नसकिँदै उनी पोकरमा देखिएपछि फ्यानहरुले उनको आलोचना गरेका छन्। धेरैले यस्तो समयमा पोकरमा सहभागी हुनु ब्राजिलका प्रमुख खेलाडीका रूपमा उपयुक्त सन्देश नभएको टिप्पणी गरेका छन्। यद्यपि उनले प्रतियोगितामा कति रकम लगानी गरे, जिते वा हारे भन्ने कुनै विवरण खुलाइएको छैन।

जुलाई ५ मा २०२६ को विश्वकपको अन्तिम १६ मा नर्वेसँग ब्राजिलको २–१ को हारपछि नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए। फिटनेस समस्याका कारण उनी खेलमा पूर्णरुपमा सक्रिय हुन पाएका थिएनन्। विश्वकपमा उनी केवल दुई खेल मात्र खेलेका थिए।

नेयमारको पोकर प्रतिको प्रेम कुनै गोप्य कुरा भने होइन। यस वर्षको सुरुमा सान्तोसका फरवार्डलाई  लिग खेलको लागि बाहिर रहँदा लगभग २४ घण्टा अनलाइन पोकर खेलेको आरोप लगाइएको थियो। यो घटनाले ब्राजिलमा उनको व्यावसायिक ध्यानको बारेमा चर्को बहस समेत निम्त्याएको थियो।

त्यतिबेला आलोचनाहरूको जवाफ दिँदै नेयमारले भनेका थिए, ‘दुर्भाग्यवश, पछिल्ला केही दिनहरूमा, लोड व्यवस्थापनको कारण, म खेल्न सकेको छैन। त्यसैले यो समय मलाई सबैभन्दा मनपर्ने कुरा गर्ने समय मिलेको छ, जुन फुटबल बाहेक थोरै पोकर खेल्नु हो।’

प्रकाशित: २९ असार २०८३ १८:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App