नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले यूएईमा बस्ने नेपालीहरुलाई मैदानमा आएर नेपाली टोलीलाई समर्थन गर्ने आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो सार्वजानिक गर्दै वेस्ट इन्डिजसँगको ऐतिहासिक सिरिज खेल्न लागेको नेपाली टोलीलाई समर्थन गर्न आग्रह गरेका हुन्।
उनले भनेका छन्, ‘हामीले सेप्टेम्बर २७ देखि ३० सम्म वेस्ट इन्डिजसँग ऐतिहासिक सिरिज खेल्दै छौँ, र यूएईमा बस्ने सबै नेपालीहरुलाई मैदानमा आएर हामीलाई समर्थन गर्ने आग्रह गर्दछु।’
नेपाल र वेस्ट इन्डिजले पहिलो टी- २० सिरिज सेप्टेम्बर २७ मा खेल्नेछ। तीन वटा टी- २० सिरिज खेल्ने तालिका छ । जहाँ सबै खेल यूएईको शाहराज क्रिकेट रगंशालमा हुनेछ। नेपाली टोली आज बेलुका यूएई प्रस्थान गर्दैछ।
प्रकाशित: ६ आश्विन २०८२ १६:२२ सोमबार




