२३ पुस २०८२ बुधबार
image/svg+xml
खेल

नेपाल-वेस्ट इन्डिज टी–२० शृंखलाः क्लिनस्विपको योजनामा नेपाल

नेपाल र वेस्ट इन्डिजबीचको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । खेल यूएईको शारजाहमा राति ८ः१५ बजे सुरु हुनेछ । नेपालले एक खेल अगावै शृंखला कब्जा गरेको छ । 

टेस्ट राष्ट्रविरूद्धको पहिलो शृंखला नै नेपालले जितेको हो । नेपालले शृंखलाको पहिलो खेलमा १९ रन र दोस्रो खेलमा ९० रनको जित निकालेको हो ।  

तेस्रो तथा अन्तिम खेलमा आजराति पनि जित निकाल्न सके नेपालले शृंखला क्लिनस्विप गर्नेछ । दुई पटकको विश्वविजेता क्यारेबियन टोली भने एसासिएट राष्ट्र नेपालविरुद्ध सान्त्वना जित निकाल्ने योजनामा मैदान उत्रनेछ । 

प्रकाशित: १४ आश्विन २०८२ १८:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App