वेस्ट इन्डिजविरुद्धको दोस्रो टी-२० मा नेपालले सम्हालिएको ब्याटिङ गरेको छ ।
दश ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर ७४ रन बनाएको छ । क्रिजमा आसिफ शेख ४३ र सन्दीप जोरा १५ रनमा छन् । चौथो विकेटका लागि उनीहरुले ३१ रनको साझेदारी गरेका छन् ।
ओपनर कुशल भुर्तेल २, क्याप्टेन रोहित पौडेल ३ र कुशल मल्ल ७ रनमा आउट भए । अकिल हुसेनले २ विकेट लिए । कुशल रनआउट भए ।
तीन खेलको शृंखलामा नेपाल १-० ले अघि छ ।
प्रकाशित: १३ आश्विन २०८२ २१:०५ सोमबार





