बंगलादेशमा जारी सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गरेको छ।
बंगलादेशको ढाकास्थित इन्डोर हलमा आज भएको तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हराउँदै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो। यस जितसँगै तीन खेलमा नेपालले चार अक बटुलेको छ।
नेपालले माल्दिभ्सलाई पहिलो सेट २५–२१, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१८ ले जितेको छ।
यसअघि पहिलो खेलमा तुर्कमेनिस्तान र दोस्रो खेलमा बंगलादेशसँग नेपाल पराजित भएको थियो। कात्तिक ११ गतेसम्म चल्ने उक्त प्रतियोगितामा नेपालले ९ गते अफगानिस्तानसँग चौथो खेल खेल्नेछ।
प्रकाशित: ७ कार्तिक २०८२ १९:५२ शुक्रबार



-600x400.jpg)

