आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा १७१ रनको लक्ष्य पछ्याइरहेको नेपालले आक्रामक सुरुवात गरेको छ। पावर प्लेको ६ ओभर समाप्त हुँदा नेपालले कुनै पनि विकेट नगुमाई ५६ रन जोडेको छ।
नेपालका ब्याटरद्वय कुशल भुर्तेल र आसिफ शेखले स्कटल्याण्डका बलरहरूलाई दबाबमा राख्दै विष्फोटक ब्याटिंग गरिरहेका छन्।
कुशल भुर्तेल २३ बलमा १ चौका र ३ उत्कृष्ट छक्का प्रहार गर्दै ३१ रन बनाएर क्रिजमा छन्। त्यस्तै, आसिफ शेखले मात्र १३ बलमा २ छक्का प्रहार गर्दै २३ रन जोडेका छन् ।
स्कटल्याण्डका अनुभवी स्पिनर मार्क वाट नेपालका लागि महँगो सावित भएका छन्। उनले २ ओभरमा २९ रन खर्चिएका छन्। अन्य बलरहरू ब्राड कुरी र ब्राड ह्विलले पनि नेपाली ब्याटरहरूलाई रोक्न संघर्ष गरिरहेका छन्।
प्रकाशित: ५ फाल्गुन २०८२ २१:३३ मंगलबार





