२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
खेल

नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट

एसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ।

नेपालको कसिलो र आक्रामक बलिङसामु यूएईले ३२ ओभरको खेल सकिँदा ६ विकेट गुमाएर १०० रन मात्र जोड्न सकेको छ।

टस जितेर फिल्डिङ रोजेको नेपालका लागि स्पिनर दयानन्द मण्डल र कप्तान अशोक धामी नायक साबित भए।

मण्डलले यूएईको शीर्ष क्रमलाई ध्वस्त पार्दै एक्लै ४ विकेट लिए भने कप्तान धामीले अविश्वसनीय किफायती बलिङ गरे।

पहिलो ओभरमै दयानन्द मण्डलले यूएईका कप्तान ययीन राई (०) लाई आउट गराए। लगत्तै उनले आयान मिसबाह (११), जैनुल्लाह रहमानी (२) र मोहम्मद रायन खान (०) लाई पभेलियन फर्काएपछि यूएईले ६.५ ओभरमा २० रन जोड्दा आफ्ना प्रमुख ४ विकेट गुमाइसकेको थियो।

पृथ्वी मधु पनि ४ रन बनाएर कप्तान अशोक धामीको शिकार बनेपछि यूएई ४४ रनमा ५ विकेट गुमाएर धराशायी बनेको थियो।

ठूलो संकटमा परेको यूएईलाई अहमद खुदादाद र नुरउल्लाह अयोबीले केही राहत दिलाए। यी दुईबीच छैठौं विकेटका लागि ५६ रनको महत्वपूर्ण साझेदारी भयो।

तर, टोलीको स्कोर ठिक १०० रन पुग्दा अपराजित पौडेलले यो साझेदारी तोड्न सफल भए। २६ रन बनाएर खेलिरहेका अयोबी ३१.४ ओभरमा बोल्ड आउट भए।

प्रकाशित: १५ मंसिर २०८२ १३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App