३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

लगातार दोस्रो पटक टी-२० विश्वकपमा नेपाल

क्याप्शन

नेपालले आगामी वर्ष श्रीलंका र भारतमा संयुक्त रूपमा हुने आइसिसी टी ट्वान्टी विश्वकप खेल्ने भएको छ।

ओमान जारी आइसिसी टी ट्वान्ट विश्वकप एसिया एन्ड इस्ट एसिया छनोटमा दुई खेल बाँकी छँदा नै नेपाल सन् २०२६ को टी ट्वान्टी विश्वकपमा स्थान बनाउन सफल भएको हो।

सुपर सिक्सको खेलमा कम्तीमा दुई स्थानमा रहने भएपछि नेपालले लगातार दोस्रोपल्ट विश्वकप यात्रा तय गरेको छ। सुपर सिक्सका ६ मध्ये लिगका शीर्ष तीन टोली विश्वकपमा स्थान बनाउने प्रावधान छ।

बुधबार ओमानसँग खेल्नुअघि नै नेपालको तीन खेलबाट ६ अंक छ। अपराजित अर्को टोली ओमान पनि ६ अंकसहित विश्वकपमा स्थान बनाउन सफल भयो। अब एक थप टोली विश्वकपमा पुग्नेछ।

संयुक्त अरब इमिरेट्स (युएई) र जापान तेस्रो टोलीको दाबेदारका रूपमा छन्। यी दुई टोलीले अब सबै खेलमा जित निकाल्दा पनि समान ६ अंक नै हुनेछ। तर, ती दुई खेलमध्ये एक खेल एकअर्कासँग नै खेल्नेछ।

त्यसैले एकआपसमा भिड्नुअघि नै नेपाल र ओमान विश्वकपमा पुगेका हुन्। बुधबार जापानले कतारसँग तीन विकेट र युएईले सामोआसँग ७७ रनले पराजय बेहोरेसँगै एसियाबाट आगामी विश्वकप खेल्ने दुई टोलीको टुङ्गो लागेको हो।

नेपालले तेस्रो पल्ट टी ट्वान्टी विश्वकप खेल्न लागेको हो। पहिलो पल्ट सन् २०१४ मा टी ट्वान्टी विश्वकप खेलेको नेपालले दोस्रो सहभागिताका लागि १० वर्ष नै कुर्नु परेको थियो।

यद्यपि, यसपल्ट भने नेपाल लगातार विश्वकप खेल्न सफल भएको छ। यससँगै आगामी सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने विश्वकपमा खेल्ने १९ टोलीको टुङ्गो लागेको छ।

यसपल्ट २० राष्ट्रले टी ट्वान्टी विश्वकप खेल्दैछन्। अमेरिकाबाट क्यानडा, युरोपबाट दुई टोली नेदरल्यान्ड्स इटाली, अफ्रिकाबाट जिम्बाब्वे र नामिबिया छनोट भइसकेका छन्।

अन्य टोलीहरू दुई आयोजक (श्रीलंका र भारत), गत विश्वकपका शीर्ष सात टोली र गत सन् २०२४ को जुनसम्म टी ट्वान्टी वरीयताका थप तीन टोली (पाकिस्तान, आयरल्यान्ड र न्युजिल्यान्ड) ले आगामी विश्वकप खेल्दैछन्।

प्रकाशित: २९ आश्विन २०८२ १९:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App