नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरा पुगेका छन्।
प्रतिनिधि सभा सद्भाव निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार रहेका दाहाल मतदाता भेटघाटका लागि शनिबार साँझ तकसेरा पुगेका हुन्। संयोजक दाहाललाई तकसेरामा स्थानीयले भव्य स्वागत गरेका थिए।
स्वागतमा आएका जनतासँगसंक्षिप्त सम्बोधन गर्दै उनले रुकुम पूर्वका जनताबाट नयाँ ऊर्जा प्राप्त भइरहेको बताए। रुकुमबाट समाजवादी मोडेल सुरु गर्ने बताउँदै दाहालले रुकुम क्रान्तिको सुरुआत गर्ने र शान्ति यात्राको निर्णय स्थान भएको बताए।
उनले आफ्नो पहलमा संविधानमा विशेष तथा स्वायत्त अधिकार संस्थागत गरिएको बताउँदै संविधानको मर्मअनुसार मगर क्लस्टरहरूलाई स्वायत्त क्षेत्र घोषणा गरी ‘खाम मगर’ सभ्यताको विश्वव्यापी ब्रान्डिङ गर्ने वाचा पनि गरेका छन्।
यसबाट मगर सभ्यताको संरक्षण हुनुका साथै चौतर्फी विकास पनि हुने उनको तर्क छ।
प्रकाशित: ३ फाल्गुन २०८२ ०९:५९ आइतबार





