१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

नेपालले सामोआलाई दियो २१२ रनको विशाल चुनौती

आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले समाओलाई २१२ रनको विशाल लक्ष्य दिएको छ।

शुक्रबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २११ रनको विशाल स्कोर खडा गर्‍यो ।  

नेपालका लागि ओपनर असिफ शेख र उपकप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गर्दै पारीको मेरुदण्ड सम्हाले।

नेपालका ओपनर असिफ शेखले सर्वाधिक ६९ रन बनाए। ४१ बलको सामना गर्दै उनले ७ चौका र ४ छक्का प्रहार गरे।

त्यस्तै, उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३१ बलमा ५३ रनको शानदार योगदान दिए। उनले ७ चौका र ४ छक्का प्रहार गर्दै आक्रामक ब्याटिङ प्रदर्शन गरे।

अन्य ब्याटरमध्ये कुशल भुर्तेलले १७ रन र आरिफ शेखले ९ रन जोडे। रोहित पौडेल २१ रन र लोकेश बम ३९ रनमा नटआउट रहे। बलिङतर्फ समाओका डेनेल बर्गेसले १ विकेट लिए।

नेपालले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याएको छ।

नेपाल यसअघि नै टी–२० विश्वकपका लागि छनोट भइसकेको छ। अब समाओलाई पराजित गर्दै नेपालले एसिया छनोटको उपाधि जित्ने लक्ष्य लिएको छ।

प्रकाशित: ३१ आश्विन २०८२ १७:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App