२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धसतकमा ६ विकेटको जित

पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोटमा पहिलो जित दर्ता गराएको छ ।

May be an image of one or more people and text

र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले हराएको हो ।  

May be an image of text that says 'CAN MCI NEPAL EP 14 13'

जिम्बाब्वेले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा पूजाले सर्वाधिक ५२ रनको योगदान दिइन् । उनले  ५० बलमा चार चौका र दुई छक्कासहित  ५२ रन बनाएकी हुन् ।

May be an image of soccer, football and text that says 'D CAN WORLOCU OET D IDAL BOLTS OLTSBAT BAT TALION'

 

कप्तान इन्दु वर्माले २२, विन्दु रावलले १५ तथा  सीता रानामगरले ११ रनको योगदान गरेका थिए ।  

प्रतियोगितामा जिम्बाब्वेका लागि जोसेफाइन एनकोमोले दुई तथा नोमभेलो सिबान्दा र क्रिस्टाबेल चातोन्ज्वाले समान एक एक विकेट लिएका थिए ।

May be an image of one or more people, people playing hockey, skateboard, crowd and text
May be an image of text that says '日 NEPAL PH'

प्रकाशित: १० माघ २०८२ १८:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App