आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत वानखेडे स्टेडियममा जारी खेलमा नेपालले अन्ततः पहिलो सफलता हात पारेको छ।
खेलको १०औं ओभरमा कप्तान रोहित पौडेलले स्कटल्याण्डको ओपनिङ जोडीलाई पभिलियन फर्काउँदै नेपाललाई ब्रेकथ्रु दिलाएका हुन्।
९.६ ओभरमा ८० रनको बलियो साझेदारी गरिरहेको स्कटल्याण्डका ओपनर जर्ज मुन्सेलाई कप्तान रोहितले सन्दीप जोराको हातबाट क्याच आउट गराए।
मुन्सेले २९ बलमा ४ चौका प्रहार गर्दै २७ रन जोडेर आउट भए। १० ओभरको समाप्तिमा स्कटल्याण्डले १ विकेट गुमाएर ८० रन बनाएको छ।
स्कटल्याण्डका अर्का प्रारम्भिक ब्याटर माइकल जोन्स भने क्रिजमा जमेका छन्। उनले मात्र ३१ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका छन्। जोन्सको आक्रामक ब्याटिङका कारण स्कटल्याण्डले ८.०० को रनरेटमा रन बटुलिरहेको छ।
प्रकाशित: ५ फाल्गुन २०८२ २०:०३ मंगलबार




