भारतको गुवाहटीमा सम्पन अभ्यास खेलको सिरिज नेपालले जितेको छ । नेपाल र आसामबीचको सोमबारको निर्णायक खेलमा ४४ रनको जितसँगै नेपालले सिरिज आफ्नो हातमा लियो ।
नेपाल ‘ए’ ले दिएको २०९ रनको लक्ष्य पछाएको आसामले निरधारित २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रनमा सीमित भयो ।
आसाका लागि कप्तान सुमित घडिअन्करले २५ रन बनाए । नेपालको लागि आकाश चन्द, शेर मल्ल र पवनले समान २-२ विकेट लिँदा बसिर अहमदले १ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल ‘ए’ले निर्धरित २० ओभरमा ५ विकेट गुमाएर २०८ रन बनायो।
नेपालका सन्दिप जोराले सर्वाधिक ६४ रन बनाएका थिए ।
योसँगै नेपालले ३-२ले सिरिज हात पारेको छ ।
यसअघि खेलेको ४ अभ्यास खेलमा नेपाल र आसामले समान २-२ खेल जितेका थिए ।
प्रकाशित: १६ भाद्र २०८२ १९:१३ सोमबार





