ओमानसँग भएको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ ७० रनले पराजित भएको छ।
बुधबार मूलपानी माथिल्लो क्रिकेट मैदानमा ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा २१० रन बनाएर अलआउट भयो।
नेपाल ‘ए’ का लागि कप्तान अनिल शाहले ५० तथा ईशान पाण्डेले ५३ रन बनाए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८० रन बनायो। ओमानका लागि मुजिबुर अलीले सर्वाधिक ७२ रन बनाए। त्यस्तै, ओमानका कप्तान जतिन्दर सिंहले पनि अर्धशतक प्रहार गरे। ४२ बलको सामना गरेका उनले ४ छक्का प्रहार गर्दा ३ चौका हिर्काए।
नेपालका लागि आकाश चन्दले ४ विकेट लिए भने सन्तोष यादवले दुई विकेट लिँदा शेर मल्ल र सन्दीप लामिछानेले समान १-१ विकेट लिए।
यी दुई टोलीबीच अर्को खेल बिहीबार हुनेछ।
प्रकाशित: ९ वैशाख २०८३ १७:१७ बुधबार



-600x400.jpg)

