१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

पल्सर अवार्डसँग नासाको सहकार्य

एनएसजेएफ पल्सर स्पोटर्स अवार्डको २२औं संस्करणमा नासा सेक्युरिटिज जोडिएको छ।

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा २०६० सालदेखि हुँदै आएको अवार्डको यस संस्करण आगामी भदौ २९ गते पोखरामा हुँदै छ। पहिलोपल्ट अवार्ड राजधानीबाहिर हुन लागेको हो। यसै संस्करणको अवार्डमा नासा सेक्युरिटिज सेयर ट्रेडिङ पार्टनरको रूपमा जोडिएको छ।

सहकार्यसम्बन्धी सम्झौतापत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र नासा सेक्युरिटिजका प्रबन्ध निर्देशक मदन पौडैलले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार नासा सेक्युरिटिजले गरेको प्रायोजनबापत मञ्चले नासालाई शेयर ट्रेडिङ पार्टनरको स्थान दिनेछ।

नासा सेक्युरिटिजका प्रबन्ध निर्देशक पौडैलले नेपाली खेलकुदकै प्रतिष्ठित अवार्ड कार्यक्रमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन्। ‘खेलाडीहरूलाई सम्मान गर्ने देशकै उत्कृष्ट कार्यक्रममा सहकार्य गर्न पाउँदा हामी उत्साहित छौं। पहिलो पटक काठमाडौंबाहिर हुन गइरहेको यस अवार्डलाई भव्य सफलताको शुभकामना छ,’ पौडेलले भने।

मञ्च नेपाली खेल पत्रकारहरूको छाता संगठन हो। एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ को तयारी तीव्र गतिमा भइरहेको मञ्चले जनाएको छ। अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै छ भने प्रवर्धकमा पोखरा महानगरपालिका रहेको छ।

यसपटक अवार्डमा भोटिङ पार्टनरमा खल्ती, पोसाक पार्टनरमा केल्मी नेपाल र अफिसियल होटलमा मझेरी रिसोर्ट एन्ड स्पा रहेका छन्। अन्य सहप्रायोजकमा सूर्य नेपाल प्रालि, प्लाजा ग्रुप अफ होटल, रोयल सिंगी होटल, म्याजिस्टिक होटल, हिमश्री फुड्स लगायत छन्। एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा १० विधामा अवार्ड प्रदान गरिनेछ।

प्रकाशित: २३ भाद्र २०८२ ०८:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App