दक्षिणकाली १ चाल्नखेलमा राष्ट्रिय मुवाँथाई एकेडेमी सञ्चालनमा आएको छ। उक्त एकेडमीमा मुवाँथाई लगायत अन्य मार्सल आर्ट्स र योगाको पनि प्रशिक्षण गर्न पाइने नेपाल राष्ट्रिय मुवाँथाईं संघ नेपालका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन्।
अध्यक्ष कक्षपतिले जग्गा भाडामा लिई व्यक्तिगत लगानीमा एकेडेमी निर्माण गरेका हुन्। एकेडेमीले देशैभरिबाट प्रतिभावान् खेलाडी छनोट गरी राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने र अन्तर्राष्ट्रिय स्तरमा समेत सहभागी गराउने लक्ष्य लिएको कक्षपतिले बताए। सोही अवसरमा ग्रान्ड मास्टर सिद्धाचार्य माक युरी वज्रमुनिले खेलाडीलाई प्रशिक्षण पनि दिएका थिए।
प्रकाशित: ६ आश्विन २०८२ १०:२७ सोमबार





