२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस सभापति थापाले पोखराको चुनावी सभामा सम्बोधन गर्ने

नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापा पोखरा गएका छन्।  

आफ्नो निर्वाचन क्षेत्रमा चुनाव प्रचार प्रसारको क्रममा रहेका सभापति थापा चुनावी सभालाइ सम्बोधन गर्न रौतहटको समनपुरबाट हेलिकप्टर चढेर पोखरा गएका नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर ४ का सभापति राम सिनेही यादवले बताए।

सभापति थापाले पोखरा, बुटवल तथा बागलुङको कार्यक्रम सकेर आजै (शुक्रबार) बेलुकी सर्लाही फर्किने कार्यक्रम रहेको थापाको चुनावी अभियानमा खटिएका रघु कार्कीले जानकारी दिए।

प्रकाशित: १५ फाल्गुन २०८२ ११:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App