सुनको मूल्य आज (शुक्रबार) घटेको छ। चाँदीको मूल्य भने बढेको छ।
सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ३ लाख १४ हजार ९ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार सुनको मूल्य ६ सय रुपैयाँ बढेर तोलाको ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदी भने शुक्रबार तोलामा १५ रुपैयाँ बढेर ५ हजार ७ सय ४० रुपैयाँ पुगेको छ। बिहीबार तोलामा १० रुपैयाँ बढेर चाँदी तोलाको ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित: १५ फाल्गुन २०८२ ११:२५ शुक्रबार





