कन्काकाफ च्याम्पियन्स कपका न्यासभिलसँग इन्टर मियामीले गोलरहित बराबरी खेलेपछि फुटबल जगतका स्टार मेस्सीले आफ्नो करिअरको नौ सय गोल पूरा गर्न पाएनन्।
गएराति भएको खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेपछि मेस्सीको नौ सय गोल अपूरो रहेको हो।
उनले अहिलेसम्म आफ्नो करिअरमा ८ सय ९९ गोल गरेका छन्। इन्टर मियामीले अर्को बुधबार दोस्रो लेग खेल्नेछ।
गत शनिबार डीसी युनाइटेडमाथि एमएलएसको जितमा मियामीका लागि ८० औं र आफ्नो करियरको ८९९ औं गोल गरेपछि मेस्सी आफ्नो करियरको नौ सय गोलको कोशेढुङ्गाबाट एक गोल मात्र टाढा छन्।
प्रकाशित: २८ फाल्गुन २०८२ १२:५७ बिहीबार





