२३ पुस २०८२ बुधबार
image/svg+xml
खेल

एन्फा र 'ए' डिभिजन लिग खेल्ने क्लबहरूबिचको बैठक स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक 'ए' डिभिजन लिग खेल्ने क्लबहरूसँगको बैठक स्थगित गरेको छ।

मगंलबार एन्फाले 'ए' डिभिजन लिगका क्लबहरूलाई पत्र लेखेर बैठक स्थगित गरेको जनाएको हो।

पत्रमा भनेको छ "अखिल नेपाल फुटबल संघ (एन्फा)ले २०८२- ०५- २३ गतेको पत्र मार्फत मिति २०८२- ०५- ३१ गते सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिता सम्बन्धी छलफल गर्न बैठक राखिएकोमा प्राविधिक कारणबस अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको छ।"

'ए' डिभिजन लिग हाेम एन्ड अवे आधारमा गर्ने एन्फाले योजना बनाएको थियो।लिग समयमा नहुँदा अहिले यसको चौतर्फी विरोध भइरहेको छ।

प्रकाशित: ३१ भाद्र २०८२ १८:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App