टी-२० विश्वकप एसिया छनोटमा कुवेतविरुद्ध ब्याटिङ गरिरहेको नेपालका ओपनर कुशल भुर्तेलले सानदार अर्धशतक पूरा गरेका छन्।
संकटमा परेको नेपाली टोलीको इनिङ्स सम्हाल्दै उनले महत्वपूर्ण अर्धशतकीय पारी खेलेका हुन्।
एकपछि अर्को विकेट गुमाउँदै दबाबमा आएको नेपालका लागि कुशलले एकातर्फबाट डटेर प्रदर्शन गरे। उनले ४६ बलको सामना गर्दै १ चौका र ३ छक्काको मद्दतमा आफ्नो अर्धशतक पूरा गरेका हुन्।
उनको अर्धशतकसँगै नेपालले १६.५ ओभरमा ४ विकेटको क्षतिमा १०१ रन बनाएको छ।
यसअघि नेपालले ओपनर आसिफ शेख (२), कप्तान रोहित पौडेल (१६), कुशल मल्ल (४) र सन्दीप जोरा (५) लाई सस्तैमा गुमाएको थियो।
कुशलले एक छेउबाट टिकेर खेल्दै नेपाललाई सम्मानजनक स्कोरतर्फ डोर्याइरहेका छन्। उनलाई क्रिजमा दीपेन्द्रसिंह ऐरीले साथ दिइरहेका छन्।
प्रकाशित: २२ आश्विन २०८२ २१:५८ बुधबार





