कतारविरुद्धको जारी अभ्यास खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्ध शतक पुरा गरेका छन्।
कुशलले २७ बलमा ५२ रन बनाएका छन्। यसअघि नेपालका अर्का ओपनर आशिफ शेख ११ रन बनाउँदै आउट हुन पुगेका थिए।
नेपालले कतारविरुद्ध टस जितेर ब्याटिङ रोजेको हो।
प्रकाशित: २० आश्विन २०८२ १६:५४ सोमबार





