२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

केएमसी, चाँदबाग र चेल्सी सेमिफाइनलमा

आयोजक केएमसी, द चाँदबाग स्कुल र चेल्सी वल्र्ड स्कुल बुधबार पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।

बुद्धनगरस्थित घरेलु कोर्टमा केएमसीले हिमालीलाई १५–९ ले पराजित गर्‍यो। केएमसीकी आकृषा घिमिरेले १२ अंक जोडिन्। चाँदबागले गोल्डेन फ्लावरलाई २४–१४ ले  हरायो। चाँदबागकी अमौलिका खड्काले १५ स्कोर गरिन्। चेल्सीले डिफेन्डिङ च्याम्पियन रिब्समाथि २८–२४ को जित दर्ता गर्‍यो।

सेमिफाइनलमा चेल्सीको भेट केएमसीसँग हुनेछ भने चाँदबागले रिब्सको सामना गर्नेछ। सिनियर ब्वाइज र जुनियर ब्वाइजमा क्वार्टरफाइनल समीकरण पूरा भएको छ। सिनियर ब्वाइजको क्वार्टरफाइनल बाल दीक्षा सदन र सेवा सदन, मार्बलस र आयोजक केएमसी ‘बी’, भिएस निकेतन र काठमाडौं जेभियर्स पब्लिक स्कुल तथा गोल्डेनपिक र माइलस्टोनबीच हुनेछ।

 

जुनियर ब्वाइजको क्वार्टरफाइनलमा इडेनब्रिज एकेडेमी (इबिए) ले गोल्डेन फ्लावर, गोल्डेनपिकले मानाङ्क चिल्ड्रेन, ग्रिन लन्सले हिमाली तथा ग्रिनफिल्डले सनसाइनविरुद्ध प्रतिस्पर्धा गर्नेछन्। सिनियर/जुनियर ब्वाइजको क्वार्टरफाइनल बिहीबार हुनेछ। तीन विधाको सेमिफाइनल शुक्रबारलाई तय गरिएको छ।

प्रकाशित: १ माघ २०८२ ०८:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App