२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

काठमाडौं विद्या कुञ्ज र तेजस्वी सेमिफाइनलमा

काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभिकेएसएस) र आयोजक तेजस्वी एकेडेमी मंगलबार प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।

समूह ‘बी’ को लिग खेलमा केभिकेएसएसले मानसिंहलाई २१–१४ ले पराजित गर्दै समूह विजेता बन्यो। केभिकेएसएसको जितमा खुसी मितोकले ९ अंक योगदान गरिन्। मानसिंह पनि समूह उपविजेताका रूपमा सेमिफाइनलमा पुग्न सफल भयो।

एस्टर बरुवालको १० अंक सहयोगमा तेजस्वीले बेलमोन्टलाई २२–२० ले हरायो। जितसंगै तेजस्वी समूह ‘ए’ को विजेता भयो। बेलमोन्ट पनि समूह उपविजेताका हैसियतले सेमिफाइनलमा पुग्यो।

ब्वाइजमा हिमालयले रोजमेरीलाई ३६–२५, ह्वाइट हेभेनले रिलायन्सलाई २५–१७, एन्जल्स हार्टले सेबलाई ५६–४५ र गुरुकुलले बालकुञ्जलाई ३९–२९ ले पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे। हिमालयका अरुण कार्कीले १७, ह्वाइट हेभेनका नीरज थापाले ८, एन्जल्स हार्टका मुकेश पुनले ३२ र गुरुकुलका आदर्श तामाङले १९ स्कोर गरे।

प्रकाशित: १३ फाल्गुन २०८२ ०६:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App