२४ मंसिर २०८२ बुधबार
image/svg+xml
खेल

काठमाडौंलाई सुरुवाती झड्का, १ रन बनाएर पेभिलियन फर्काए त्रिपाठी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजले खराब सुरुवात गरेको छ।

टस जितेर ब्याटिङ रोजेको काठमाडौंले इनिङ्सको दोस्रो ओभरको पहिलो बलमै आफ्नो पहिलो विकेट गुमाएको हो।

लुम्बिनी लायन्सका बलर शेर मल्लले आफ्नो स्पेलको पहिलो बलमै काठमाडौंका ओपनर आकाश त्रिपाठीलाई पेभिलियन फर्काएका हुन्। त्रिपाठी ५ बल सामना गर्दै १ रन मात्र बनाएर आउट भए।

ताजा अवस्थामा काठमाडौंले १ विकेट गुमाएर ४ रन बनाएको छ। अहिले क्रिजमा बेन चार्ल्सवर्थ रहेका छन्।

प्रकाशित: २४ मंसिर २०८२ १६:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App